तेस्रो लिंगीलाई जिस्क्याएपछि पेप्सीकोलामा तनाव

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा तेस्रो लिङ्गीको समूहको आक्रमणबाट हिजो २ जना घाइते भएका छन्। निजी गाडीमा मदिरा सेवन गरेर आएका दुई व्यक्तिले तेस्रो लिङ्गीलाई जिस्काएको भन्दै विवाद उत्पन्न भएको थियो। त्यसपछि उनीहरुले ती दुई व्यक्तिलाई कुटपिट गर्नुका साथै सवारीसाधनहरुमा पनि तोडफोड गरेको बुझिएको छ।

तेस्रो लिङ्गीको समूहले विवाद गर्दा केहीबेर तनाव उत्पन्न भएको र ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए। घाइतेको उपचार भइरहेको छ। प्रत्यक्षदर्शीका अनुसार प्रहरीलाई समेत स्थिती नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो। ढुंगा हान्न थालेपछि प्रहरी भागेका थिए। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर