पश्चिमका भूकम्पपीडितलाई तत्काल राहतलाई १५ देखि २० र अस्थायी आवासका लागि ५० हजार उपलब्ध गराइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही मंगलबार पटक–पटकको भूकम्पबाट ठूलो क्षति ब्यहोरेको बझाङमा पुनर्निर्माणलाई यथाशीघ्र अघि बढाउने बताएका छन् ।

चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उनले भूकम्पबाट कहाँ, के, कति क्षति भएको हो ? एकिन गरेर सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्र्माण गर्नुपर्ने हो सबै काम अघि बढाइने प्रधानमन्त्रीले बताए ।

दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने पनि बताए। भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने पनि उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर