इरानी महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । इरानमा महिला अधिकारका लागि लडेकी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । उनी हाल जेलमा छन्।
मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने केही घन्टाअघि स्वीडेनमा घोषणा गरिएको हो ।
नोबेल पुरस्कारमध्ये शान्ति पुरस्कारको विश्वमा बेग्लै महत्व रहेको छ । मोहम्मदी इरानमा हिजाब उन्मुलन आन्दोलनमा सक्रिय रहेकीले त्यहाँको सरकारले उनलाई कठोर यातनाका साथ जेलमा बन्द गरेको छ । इरानमा हिजाब उन्मूलन आन्दोलनका कारण सयौंको ज्यान गइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर