दर्शकले मन पराए ‘झम्के झमा झम’, फिल्ममा के छ ?

काठमाडौं । निश्चल बस्नेतलाई लामो समयपछि निर्देशनमा पुनरागमन गराउने फिल्म हो ‘दिमाग खराब’ । यही फिल्मको एउटा नयाँ गीत काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको छ ।

‘झम्के झमा झम’ गीतले सार्वजनिक भएको २४ घण्टामै झण्डै साढे दुई लाख भ्यूज पाइसकेको छ भने १४ हजार बढी लाइक तथा चार सय बढी प्रतिक्रिया पाइसकेको छ । युट्यूबमा आएका प्रतिक्रियामा गायिका नम्रता काफ्लेको स्वरको प्रशंसा गर्नेहरु धेरै छन् ।

बाबूल गिरीद्वारा संगीतबद्ध यो गीतमा गायिका काफ्लेसंगै गायक को पनि स्वर सुन्न सकिन्छ । राष्ट्रिय गीतमा बढी सुनिने गायक खड्का लोक लयमा आधारित यो गीतमा पनि कर्णप्रिय सुनिएका छन् । ‘झम्के झमा झम’ गीतमा निर्देशक बस्नेतसंगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, स्वस्तिमा खड्का, सुपुष्पा भट्टले आकर्षक नृत्य गरेका छन् ।

रौनक विक्रम कँडेलद्वारा निर्माण गरिएको ‘दिमाग खराब’ को यो गीत सार्वजनिक गर्ने समारोहमा निर्देशक बस्नेतले फिल्ममा राजनीतिक समस्यालाई मुख्य विषय बनाएको बताएका छन् । कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मले नेपालको राजनीतिक अवस्थालाई चित्रण गर्ने उनको आशय थियो । निर्देशक बस्नेतका अनुसार नेपालमा राजनीतिक विकृति तथा विसंगति बढिरहेको बेला त्यही कुरालाई खबरदारी गर्न यो फिल्म निर्माण गरिएको हो । उनको तर्क छ– ‘राजनीतिक अवस्था राम्रो भयो तथा देशमा सुशासन भयो भने देशको अवस्था नै राम्रो बन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर