रुसी आक्रमणमा ५१ युक्रेनीको मृत्यु

काठमाडौं । युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ । ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा एक आठ वर्षीय बालकसहित कम्तीमा ५१ जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर सार्वजनिक गरेका छन् । गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरु श्रद्धाञ्जली सभामा रहेको र त्यहाँ आक्रमण भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर