नेपालगन्जमा फेरि बिहानदेखि कर्फ्यु, पाँचजनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

कर्फ्यु लगाइएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन, पोस्टर, पर्चा टाँस्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको बताइएको छ । (तस्बिरः फाइल)

karfu-1696559817.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर