नेपाल भारतसँग कबड्डी सेमिफाइनलमा पराजित

काठमाडौंं । नेपाल १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएको छ । यस जितपछि भारत फाइनल पुगेको छ भने नेपाल कांस्य पदकमै सीमित भयो । पहिलो हाफमा भारत २९-१० ले अगाडि रहेको थियो । पूर्णत भारतको पकड रहेको खेलमा नेपाल चार अल आउट भएको थियो ।

एसियाली खेलकुदमै पहिलो सहभागिता जनाइरहेको नेपाल लिग चरणमा बंगलादेशलाई हराएर कांस्य पदकका लागि योग्य भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर