एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । ५३१ मत प्राप्त गर्दै उनी प्यानलसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे ।

उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । सचिवमा धनञ्जय दवाडी विजयी भए । उनले ५२० मत प्राप्त गरे । ४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी भए । उपसचिव महिलातर्फ मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर