लोसपाद्वारा संविधानमा संशोधन गर्न माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठकले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखी सोहीअनुरूपको रणनीति, कार्यनीति र कार्यक्रम अविलम्ब तयार गरी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा असोजको १६ र १७ गते बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमा रहेको विभेद एवं त्रुटिपूर्ण धाराहरूलाई अविलम्ब संशोधन गर्न सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष एमालेसमेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्नुपर्ने उल्लेख गरेको छ।

अध्यक्ष ठाकुरको हस्ताक्षरसहितको विज्ञप्तिमा विगत केही सयमदेखि मलंगवा र नेपालगन्जसहित अन्य केही ठाउँमा धार्मिक अतिवादीहरुद्वारा सद्भाव विथोल्ने प्रयास निरन्तर जारी रहेकोमा लोसपा गम्भीर बनेको उल्लेख छ। यसका सथै नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएकोमा लोसपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

बैठकमा सबै पहिचानवादीलाई एकत्रित भएर गणतन्त्र र संघीयतालाई बलियो बनाउन अपिल गरिएको छ। लोसपाले ३११ सदस्यीय केन्द्रीय कार्य समिति सार्वजनिक गरेको थियो। जसमा ६३ जना पदाधिकारी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर