फो–९९ को ममभित्र साङ्ला, रेस्टुरेन्टमा महानगरको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा फो–९९ रेस्टुरेन्टमा ताला लगाएको छ। बिक्री गरिएको मममा साङ्ला भेटिएको गुनासो आएपछि महानगरको टोलीले बिहीबार अनुगमन गरेको र अनुगमनका क्रममा उक्त रेस्टुरेन्टमा अखाद्य वस्तुहरू भेटिएपछि ताला लगाइएको हो ।
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार बुधबार एक ग्राहकले मममा साङ्ला भेटिएको गुनासो गरेपछि बिहीबार अनुगमन गरिएको र अनुगमनका क्रममा लगभग सडेकै अवस्थामा अन्य खाद्यवस्तु देखिएपछि हामीले ताला लगाइएको हो ।
पौडेलले भने, ‘उहाँहरूले गुणस्तरिय खानेकुरा बनाउने प्रतिवद्धता गरेपछि जरिवाना गराएरमात्रै ताला खोल्छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर