रिगललाई किन कैद मिनाह गरिएको हो ? कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको मागबमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिव कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा बिहीबार आदेश गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सोसमेत खुलाई प्रत्यर्थी मध्येका रिगल ढकाललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरुको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६ को १ बमोजिम मिति २०८० असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुको नाममा म्याद सूचना तत्काल तामेल गराउँनू ।’’

यही असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकालको कैद मिनाह गरेरेका थिए। रिगलको कैद मिनाहा गर्ने निर्णयपछि रिगलले खँुडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर