खाद्य व्यवस्थाले तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याउँदै

काठमाडौं । दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौं ल्याउने तयारी गरेको छ । गत वर्षजस्तै यस वर्ष पनि बजार मूल्यभन्दा केही कम मूल्यमा उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रा उपलब्ध गराउनका लागि कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

उनका अनुसार बजारमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य सन्तुलन राख्न कम्पनीले खरिद गरेर बिक्री वितरण गर्न खसी, बोका दुई हजार र च्याङ्ग्रा एक हजार गरी तीन हजार ल्याउने तयारी गरिएको हो । बजारमा मागको आवश्यकताअनुसार केही थपघट हुन सक्ने उनी बताउँछिन् । गतवर्ष कम्पनीले एक हजार ४६३ खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर