नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो

काठमाडौं ।  बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ । अस्तिदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसाेकाे समयमा हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको जनाएको छ । बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सूचनामा उल्लेख छ । कर्फ्यु आंशिक रुपमा हटाइए पनि निषेधाज्ञा भने जारी छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर