न्युक्यासल युनाइटेडले फ्रेन्च च्याम्पियन पिएसजीलाई हरायो

काठमाडौं । इंग्लिस क्लब न्युक्यासल युनाइटेडले फ्रेन्च च्याम्पियन पिएसजीमाथि ४-१ को प्रभावशाली जित हासिल गरेको छ। बुधबार राति भएको खेलमा न्युक्यासलले केलिएन एम्बाप्पे सम्मिलित पिएसजीलाई निरीह बनाउँदै फराकिलो जित निकाल्यो।

न्युक्यासलले च्याम्पियन्स लिग फुटबलमा २००३ मा बार्सिलोनासँग २-० ले हारेपछि पहिलो पटक प्रतिस्पर्धा गर्दा घरेलु दर्शकको उत्साह अभूतपूर्व रहेको थियो। घरेलु समर्थकलाई रवाफिलो जित उपहार दिनेक्रममा न्युक्यासलले पहिलो हाफमा नै २ गोलको अग्रता लिएको थियो।

सेन्ट जेम्स पार्कमा मिगुएल अलमिरोनले १७ औं मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। इंग्ल्यान्डका डेनियल बर्नले न्युक्यासलको अग्रता दोब्बर बनाए। उनले ३९ औं मिनेटमा बुर्नोको पासलाई सदुपयो गरेका थिए।

पहिलो हाफमा २-० ले पछि परेको पिएसजीविरुद्ध दोस्रो हाफमा पनि न्युक्यासलले आफ्नो प्रभावशाली प्रदर्शन कायम राख्यो। ५० औं मिनेटमा सेन लङ्गस्टाफले तेस्रो गोल गर्दा पिएसजी स्तब्ध बनेको थियो। यद्यपि फराकिलो हारतर्फ अग्रसर पिएसजीलाई लुकास हर्नान्डेजले ५६ औं मिनेटमा गोल गर्दै खेलमा फर्किने झिनो आशा कायम राख्यो।

तर इन्जुरी समयमा फावियन सहरले गोल गरेपछि न्युक्यासलले च्याम्पियन्स लिगको जारी संस्करणमा पहिलो जित निकाल्यो। यसअघि आफ्नो पहिलो खेलमा न्युक्यासलले एसिमिलानसँग बराबरी खेलेको थियो।

जितसँगै न्युक्यासले ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ग्रुप अफ डेथका रूपमा रहेको समूह ‘एफ’ को अर्को खेलमा एसी मिलान र बौउरुसिया डर्टमुन्डले भने गोलरहित बराबरी खेले।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर