आइसिसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा गत विजेता इंग्ल्याण्ड र उपविजेता न्यूजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको खेल दिउँसो २ः१५ देखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । दुवै टोली जितका साथ प्रतियोगिताको सुरुवात गर्ने योजनामा छन् । यसपटक इंग्ल्याण्डको टोलीको कप्तानी विकेटकिपर जोस बटलरले गर्दैछन् । सन् २०१९ मा विश्वकप जित्दा इंग्ल्याण्डको कप्तानी इयोन मोर्गनले गरेका थिए । उनले संन्यास लिएपछि बटलरले इंग्लिस टोलीको कप्तानी पाएका हुन् । न्यूजिल्याण्ड टिमको कप्तानी भने केन विलियम्सनले नै गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर