म्यानचेष्टर सिटिको लगातार दोस्रो जित

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटिले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रमा सिटिले बुधबार आरबि लिपजिकलाई ३–१ गोलले पराजित गरेको छ । सिटिलाई जित दिलाउन फिलिप फोडेन, जुलियन अल्भारेज र जेरेमि बाफौर डोकुले एक एक गोल गरे । लिपजिकका लागि इकोमा लुइस ओपेन्डाले गोल गरे ।

खेलको २५ औं मिनेटमा फिलिप फोडेनले गोल गर्दै सिटिलाई अग्रत दिलाए । त्यसपछि खेलको ४८ औं मिनेटमा ओपेन्डाले गोल गर्दै बारबरी गरे । खेलको अन्तिम ६ मिनेटमा सिटिले दुई गोल गर्दै जित निकाल्न सफल भयो । सिटिका लागि जुलियन अल्भारेजले खेलको ८४ औं मिनेटमा र डोकुले खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै जित दिलाए । जितसँगै सिटि दुई खेलबाट ६ अंकका साथ समुहको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट तीन अंक बनाएको लिपजिक दोस्रो स्थानमा छ । त्यस्तै बुधबार नै भएको समुहको अर्को खेलमा योङग बोइज र रेड स्टारले बाराबरी खेलेका छन् । यी दुई क्लवले बारबरी खेल्दै खाता खोेलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर