सुरक्षा परिषदद्वारा सेनालाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ। बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो।

पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बसेको राष्ट्रिय सुरक्षा परिषद्‍को बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन भनेको हो। पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जसहितका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि सेनालाई यस्तो निर्देशन गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर