“क्वान्टम डट” लाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्ष रसायन शास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा योगदान पुर्‍याएबापत तीन जना वैज्ञानिकले पाउने भएका छन् ।

नोबेल पुरस्कार समितिले रसायन विधाको पुरस्कार मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो । उनीहरूले “क्वान्टम डट” को खोजी र संश्लेषण गरेका थिए । क्वान्टम डट भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् । तिनले अहिले टेलिभिजनको स्क्रिन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन् । तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन् ।

यस्तै शल्यक्रिया गर्दा क्वान्टम डटको स्पष्ट प्रकाशले ट्युमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ । यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरिसकेको छ । अब भोलि साहित्यतर्फ र पर्सि शुक्रवार शान्तितर्फका विजेताका नाम घोषणा हुने नोबेल पुरस्कार समितिले जनाएको छ । अर्थशास्त्रतर्फका विजेताका नाम आउँदो सोमवार घोषणा हुनेछ ।

स्विडेनका उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर