नेपालगञ्जमा कर्फ्यु खुकुलो बनाउने निर्णय

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजोदेखि जारी भएको कर्फ्यु सर्वपक्षीय बैठकले खुकुलो बनाउने निर्णय गरेको छ । बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्था सामान्य अवस्थामा ल्याउने र नेपालगञ्ज क्षेत्रमा जारी रहेको कर्फ्यु खुकुलो बनाउँदै लगी पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर