नेपालगन्जमा कर्फ्यूका बीच पनि झडप, १३ जना घाइते

काठमाडौं । नेपालगन्जमा कफ्र्युका बीच पनि झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलबारर अपराह्न जारी गरेको े कफ्र्यु आदेशको प्रतिकूल स्थानीय जनता प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीले सामान्य बल प्रयोग गर्ने क्रममा १३ जना घाइते भएका हुन् ।

नेपालगन्जमा शान्ति व्यवस्था कायम गर्न नेपाली सेना पनि परिचालन गरिएको छ । हिन्दु र मुस्लिम समुदायबीच सदभाव र्‍याली निकाल्ने सर्वदलीय सहमति र सोही अनुरूप शान्ति मार्च गरिरहँदा घरको छतबाट इँट प्रहार हुन थालेपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि नेपालगन्ज शहरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर