भक्तपुरमा नवजात शिशु मृत फेला

काठमाडौं । भक्तपुरमा नवजात शिशु मृत फेला परेका छन्। भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा सालनालसहित नवजात शिशु आज मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका अनुसार शिशु अन्दाजी २–३ दिनको हो। खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर