बझाङको चैनपुर आसपासमा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङमा आजै दुई पटक ठूला भूकम्प र त्यसपछि पनि लगातार परकम्प गइरहेका छन् । परकम्पको क्रममा बझाङको चैनपुर आसपास भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्पपछि पनि परकम्प आइरहेको छ । ‘‘जयपृथ्वी लोकमार्गको कचली खोलामा माथिबाट धुले पहिरो खसेर सडक अवरुद्ध भएको छ, हामी बसेको जमिन हल्लिइरहेको छ, उद्धारका लागि हामी तयारी अवस्थामै छौं’’, प्रजिअ पाण्डेयले भने ।
आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको हो । आज मङ्गलबार दिउँसो ३ः०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए । यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५.३ रेक्टरस्केलको भूकम्प एको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।

यसैगरी अछाममा मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउद घाइते भएका हन् । कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफाल्ने क्रममा साउद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिए ।
‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको छ’’, प्रधानाध्यापक रावतले भने ।
सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ ।

भूकम्पको ठूलो धक्का महसुस गरेपछि विद्यालय, कार्यालय र घरमा रहेका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुला ठाउँमा पुगेका छन् । आजै अछाममा दुई पटक भूकम्पको धक्का स्थानीयले महसुस गरेका छन् । बझाङको तल्कोट केन्द्र बिन्दु बनाएर दिउँसो ३ बजेर ५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । पुनः भूकम्प आएर क्षति हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर