बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भूकम्पको झट्का महसुस गरिएको छ। बझाङको तल्कोट केन्द्रबिन्दु भएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो भने त्यसको लगत्तै दोस्रो झट्का पनि महसुस गरिएको थियो।

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ । थप बिवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर