क्यानडालाई कूटनीतिज्ञ फिर्ता लैजान भारतको आदेश

काठमाडौं  ।  भारतले ४१ जना कूटनीतिज्ञहरुलाई स्वदेश फिर्ता लैजान क्यानडालाई आदेश दिएको छ । भारतले अक्टोबर १० भित्रमा ४१ जना कूटनीतिज्ञहरुलाई फिर्ता बोलाउन आदेश दिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । हाल भारतमा क्यानडाका ६२ जना कूटनीतिज्ञहरु रहेका छन् ।
जसमध्ये ४१ जनालाई स्वदेश फिर्ता बोलाउन भारतले क्यानडालाई आदेश दिएको हो । भारतले अक्टोबर १० पछि बाँकी रहेका कूटनीतिज्ञहरुको कूटनीतिक उन्मुक्ति खारेज गर्ने चेतावनी पनि दिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ ।
यसअघि नयाँदिल्लीले क्यानडाका नागरिकहरुको लागि भिसा सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको थियो । क्यानडाले शिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भातरीय संलग्नता रहेको आरोप लगाएपछि दुई देशको सम्बनध चिसिएको हो । भारतले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । यसअघि नयाँ दिल्लीले क्यानडाका नागरिकहरुको लागि भिसा सेवाहरु अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर