नेपालगन्जमा धार्मिक सद्भाव राख्न सांसद जबराको आग्रह

काठमाडौं । बाँकेको नेपालगन्जमा धार्मिक सद्भाव कायम गरिराख्न सांसद धवलशमशेर जबराले आग्रह गरेका छन् । नेपालगन्ज बजारमा दुई समुदायबीच झडप हुँदा कर्फ्यु लागेको जानकारी दिँदै राप्रपाका सांसद जबराले कानुन कार्यान्वयनमा पनि सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद जबराले विशेष समय लिएर बोल्दै सामाजिक सञ्जालमार्फत दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । ‘बाँकेको नेपालगन्जमा दुई समुदाय बीचमा झडप भएर कर्फ्यु लागेको छ । सरकारलाई अनुरोध छ, यो हिंसाको घटनाहरू चाहे मधेश प्रदेश होस्, चाहे विभिन्न भागमा होस् तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्‍यो,’ उनले भने, ‘यो सबैको जड भनेको मोबाइलको सञ्जाल हो । यसलाई साइबर अपराधमा नियन्त्रण गर्नुपर्‍यो । चाहे गौहत्या होस्, चाहे हिन्दु-मुसलमान झडपका कुरा होस् ।’

 (राप्रपाका सांसद धवलशम्शेर जबरा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर