प्रधानमन्त्रीको क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत् टिमको प्रदर्शनको प्रशंसा गरेका हुन् ।

‘मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई । साथै आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

एसियन गेम्सअन्तर्गत क्रिकेटमा नेपाल आज भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य रह्यो ।  नेपालले आफ्नो इनिङमा कुल १४ छक्का हिर्कायो । पहिले ब्याटिङ गरेको भारतले भने आफ्नो इनिङमा १२ छक्का मात्र हिर्काएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर