नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार नेपाललाई हिन्दु राष्ट्र कायम गराउने, गौहत्यारालाई कारवाही गर्ने तथा सनातन धर्ममाथिको आक्रमण रोक्नुपर्नेलगायत ११ वटामा माग राखेर राष्ट्रिय सन्तसभाले ज्ञापनपत्र बुझाएको छ।

पछिल्लो समय सनातन हिन्दु धर्ममाथि चौतर्फी आक्रमण हुँदासमेत राज्य चुप लागेर बसेको भन्दै सन्तसभाले राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएको हो।
धरानलगायत मुलुकका विभिन्न स्थानमा भएको गौहत्याका दोषीलाई कानुनबमोजिम कारवाही गर्नुपर्ने, धरानस्थित बालगोपाल मन्दिर नजिक झुक्याएर बनाइएको चर्चलाई तत्काल स्थानान्तरण गर्नु वा बन्द गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख छ ।
सन्तसभाले सनातन हिन्दु धर्ममाथि सिलसिलाबद्ध आक्रमण हुन थालेको र यही क्रम जारी रहे आफूहरु चुप लागेर नबस्ने चेतवनी समेत दिएको छ। सन्तसभाले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्ञापनपत्र बुझाइसकेको छ। अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले सनातन हिन्दु धर्ममाथि भएको आक्रमणका विषयमा आफूले सरकारलाई सचेत गराउने बताएको सन्तसभाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर