भारतीय पत्रकारहरूको घरमा प्रहरीको छापा

काठमाडौं । भारतका केही पत्रकारहरूको दिल्लीस्थित निवासमा प्रहरीले छापा मारेको छ । आज बिहान न्यूज क्लिकसँग सम्बन्धित व्यक्ति र पत्रकारहरूको घरमा दिल्ली प्रहरीले छापा मारेको प्रेस क्लब अफ इन्डियाले जनाएको छ ।

‘पत्रकार र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरूको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक छ । यस विषयमा हामीले निगरानी राखेका छौँ । हामी पत्रकारको साथमा छौँ र थप जानकारी उपलब्ध गराउन सरकारसँग माग गर्दछौँ’, प्रेस क्लब अफ इन्डियाले भनेको छ ।

केही समयअघि यो न्यूज पोर्टललाई चीनबाट रकम लिएको आरोप लागेको थियो, र यस विषयमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो । यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको खबर छैन । पत्रकार अभिसार शर्माले ट्वीट गर्दै भनेका छन्, ‘दिल्ली पुलिस मेरो घरमा पुगेको छ । प्रहरीले मेरो ल्यापटप र फोन खोसेको छ ।’ समाचार एजेन्सी एएनआईले समाचार क्लिकसँग सम्बन्धित ३० भन्दा धेरै ठाउँमा प्रहरीले छापा मारिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर