एमालेको कोशी प्रदेश अध्यक्षमा खतिवडा र कर्णालीमा शाह विजयी

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन् । कोशीमा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भए । खतिवडाले ५ सय १२ मत ल्याउँदा ढकालले ४ सय ३९ मत ल्याए । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएको थियो । सचिवमा राजकुमार भण्डारी ५ सय २४ मत ल्याएर विजयी हुँदा शैलेश लामाले ३ सय ८१ मत प्राप्त गरे ।
उपसचिवमा जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित भएको छ । उपसचिवका अर्का उम्मेदवार खेम नेपालीले ३ सय ९८ मत ल्याए । यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी भएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गरे ।

अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गरे । उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी भएको छ । उनका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे । त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भएको छ । उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरे । उपसचिवमा रविन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गरे । महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी भइन् भने उनकी प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर