एसियाली खेलकुदः नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै भारत

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालले अहिले बिहान ६ः४५ बजेदेखि क्वाटर फाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघि आफ्ना दुबै खेल जित्दै नेपालले क्वाटरफाइनलमा स्थान बनाएको थियो । टेस्ट राष्ट्र भएका कारण भारतले भने सोझै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

क्वाटरफाइनल समीकरणमा लक्की ड्रबाट नेपालले प्रतिद्वन्द्वी भारत पाएको हो । यसअघि नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ तथा मंगोलियालाई २७३ रनले हराएको थियो । आजको खेलमा नेपालबाट रोहित पौडेल (कप्तान), कुशल मल्ल, आशिफ शेख (विकेटकीपर), सन्दीप जोरा, गुल्शन झा, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा तथा सन्दीप लामिछाने भारतविरुद्ध खेल्दैछन् ।

आजको नेपालविरुद्धको खेलमा भारतीय टीमबाट ऋतुरात गायकवाड (कप्तान), यशस्वी जायसवाल, तिलक वर्मा, शिभम दुबे, रिंकू सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिङ्टन सुन्दर, आर शाई किशोर, रवि विश्नोइ, आभेष खान तथा अर्शदीप सिंह खेल्दैछन् ।

अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए । क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले सोझै स्थान पाएका थिए । पाकिस्तानले क्वाटरफाइनलमा हङकङसंग मंगलबार नै खेल्ने छ । बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै, बुधबार मलेसियाले क्वाटरफाइनलमा बंगलादेशसँग खेल्नेछ ।

नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । जुन टी–२० आई इतिहासमा तीन सय रन कटाउने नेपाल पहिलो टोली थियो । उक्त खेलमा कुशल मल्लले ३४ बलमा शतक प्रहार गरेका थिए । टी–२० इतिहासकै सर्वाधिक छिटो शतक थियो । उनले डेविड मिलर र रोहित शर्माको ३५ बलको कीर्तिमान तोडेका थिए ।

दीपेन्द्रसिंह ऐरीले नौ बलमै अर्धशतक हान्दै कुनै पनि खेलको सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिजए । माल्दिभ्सविरुद्ध नेपालले २१२ रन बनाएको थियो । अभिनाश बोहराले ६ विकेट लिएको थिए । उनी पनि टी–२० आईमा ६ विकेट लिने पहिलो खेलाडी बन्न सफल भए ।

आजको खेलका लागि भारतले दोस्रो रोजाइको टोली मैदानमा उतार्दै छ । भारतीय टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरू छन् । डेथ ओभर स्पेलिष्ट अर्शदीप सिंह, रिंकु सिंह, युवा ओपनर यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, जितेश शर्मा र शिवम दुबे जस्ता खेलाडीसँग नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतीय राष्ट्रिय टोलीमा परिसकेका पञ्जाबका विकेटकिपर जितेश शर्मा, आइपिएलका शतकधारी प्रशभ सिम्रन सिंह, अलराउण्डर वान्सिन्टन सुन्दर, शाहबाज अहमद, तीव्रगतिका बलर आवेश खान र मुकेश कुमार पनि भारतीय टोलीमा छन् । भारतको कप्तानी ऋतुराज गायकवाडले गर्नेछन् । चेन्नई सुपर किंग्सबाट ओपनिङ गर्दै धोनीको कप्तानीमा गायकवाडले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर