आउँदो बुधबारसम्म मनसुन सक्रिय रहने, बिहीबारदेखि बाहिरिने सम्भावना

काठमाडौं । सामान्यतया नेपालबाट मनसुन अक्टोबार दुई तारिखबाट बाहिरिने गरे पनि यस वर्ष भने केही ढिलो गरी बाहिरिने भएको छ। यो वर्षको मनसुन तीन दिन ढिलो गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत जुन १३ मा भित्रिएको मनसुन अक्टोबर ५ मा बाहिरिने सम्भावना छ। बुधबारसम्म मनसुन सक्रिय नै हुने देखिन्छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। यसले बदली र वर्षात् गराइरहेको छ।

महाशाखाले बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले केही दिन अझै बदली र वर्षाको सम्भावना रहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर