गौशालामा गोली प्रहारबाट एक जना घाइते

काठमाडौं ।  काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। आज बिहान करिब साढे ११ बजे गोली चलेको हो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्ति चक्कु र कटुवा पेस्तोल छाडेर फरार भएको प्रहरीले बताएको छ। प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर