एसियाडः क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं । चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

आज भएको ‘ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल भोलि हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग, श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले अन्तिम ८ मा भारतलाई हराए पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ । नेपालले समूह चरणमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर