अमेरिकाले युक्रेनको साथ नछाड्ने प्रतिवद्धता

काठमाडौं । रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने प्रतिवद्धता जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धको सुरुवातदेखि नै युक्रेनको साथ दिँदै आएको अमेरिकाले साथ नछाड्ने प्रतिवद्धता व्यक्त गरे ।

अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित पछि गरेकाे सम्बोधनकाक्रममा बाइडनले अमेरिका संधै युक्रेनको साथमा रहने बताए ।  राष्ट्रपति बाइडेनले युद्धबाट आजित बनेका युक्रेनी जनतालाई अमेरिकाको साथ सधै रहने भन्दै आश्वस्त पारे ।

बजेट विवादले अमेरिका सहयोगबाट पछि नहट्ने उनले स्पष्ट पारे ।  बाइडेनले रिपब्लिकनसमक्ष युक्रेनको साथ र ससमर्थनकालागि आह्वान पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर