नाइट क्लब आगलागीबाट ज्यान गुमाउने संख्या १३ पुग्यो

काठमाडौं । स्पेनको दक्षिण पूर्वी शहर मुर्सियाको एउटा नाइट क्लबमा आगलागी हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनको चर्चित फोंडा मिलाग्रोस नाइट क्लबमा लागेको आगो नजिकैको डान्सबारमा समेत फैलिँदा भागदौड मच्चिएको थियो । आगलागीमा परेका १४ जना अझै सम्पर्कविहीन छन् । मुर्सियाका मेयरका अनुसार क्लबको पहिलो तलाको छत भत्किए लगत्तै आगो फैलिएको हो । आगलागीको यकिन कारण पत्ता लागेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर