यस्तो छ ‘लक्की फिल्मी अवार्ड-२०८०’ को मनोनयन

काठमाडौं । लक्की मिडिया हाउस चितवनले यही असोज २५ गते एनप्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड–२०८०’ आयोजना गर्ने भएको छ । मोफसलमा रहेर नेपाली फिल्म क्षेत्रको संरक्षण र जगेर्णा गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ चितवनमा मोफसलबाट पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ ।

अवार्डका लागि मनोनयनमा पर्न सफल १० विधाको सूची प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरीएको हो । १० विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धका हरि कार्की लक्कीले बताएका छन् । चितवन सिने प्लेक्स, सिजि मल भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरुको साथमा भव्य रुपमा अवार्ड वितरण गरिने आयोजक संस्थाको तयारी छ । अवार्डको निर्णायक मण्डलको संयोजकमा चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका चलचित्र लेखक तथा निर्देशक मोहन निरौला छन् । २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली फिल्म बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस्तो छ मनोनयनको सूची

उत्कृष्ट गायिका

१. सहिमा श्रेष्ठ- दर्शन सलाम – छक्का पञ्जा ४
२. शान्तिश्री परियार- आगो बिना – झिँगेदाउ
३. अस्मिता अधिकारी- फुलको थुँगा – ए मेरो हजुर ४
४. प्रविशा अधिकारी- हर युग होस् – प्रेमगीत ३
५. मेलिना राई- माया जदौ – हिजो आजका कुरा

उत्कृष्ट गायक

१. डेविड शंकर- दर्शन सलाम – छक्का पञ्जा
२. रवि ओड- अटल बाचा गरे – कृष्ण लीला
३. सुगम पोखरेल- फुल्को थुँगा – ए मेरो हजुर ४
४. प्रताप दास- हर युग होस् – प्रेम गीत ३
५. रामकृष्ण ढकाल- माया जदौ – हिजो आजका कुरा

उत्कृष्ट संगीतकार

१. दीपक शर्मा- दर्शन सलाम – छक्का पञ्जा ४
२. अर्जुन पोखरेल- आगो बिना – झिंगेदाउ
३. एलिस कार्की- हर युग होस् – प्रेम गीत ३
४. दीपक शर्मा- माया जदौ – हिजो आजका कुरा
५. बाबुल गीरी- सिरुपाते जुंगामा – छक्का पञ्जा ४

उत्कृष्ट लेखन

१. दिपकराज गिरी– छक्का पञ्जा ४
२. प्रदिप भट्टराई – महापुरुष
३. विकाश सुवेदी – प्रकाश
४. उपेन्द्र सुब्बा/रामबाबु गुरुङ – कबड्डी ४
५. रिमेश अधिकारी/कृष्ण आचार्य – नालापानी

उत्कृष्ट छायांकार

१. संजय लामा – ए मेरो हजुर ४
२. राजेश श्रेष्ठ – प्रकाश
३. राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधान – प्रेम गीत ३
४. नरेन्द्र मैनाली – छक्का पञ्जा ४
५. शैलेन्द्र डि कार्की – कबड्डी ४

उत्कृष्ट सम्पादक

१. विपिन मल्ल – नालापानी
२. जीवन थापा – प्रकाश
३. निमेश श्रेष्ठ – छक्का पञ्जा ४
४. निमेश श्रेष्ठ – कबड्डी ४
५. मित्र डी गुरुङ – झिंगेदाउ

उत्कृष्ट अभिनेत्री

१. केकी अधिकारी – झिंगेदाउ
२. बेनिशा हमाल – छक्का पञ्जा ४
३. आँचल शर्मा – झिंगेदाउ
४. सृष्टि श्रेष्ठ – राधा
५. स्वस्तिमा खड्का – चिसो मान्छे

उत्कृष्ट अभिनेता

१. प्रदिप खड्का – प्रकाश
२. हरिवंश आचार्य – महापुरुष
३. विपिन कार्की – फुलबारी
४. दयाह्याङ राई – कबड्डी ४
५. अनमोल केसी – ए मेरो हजुर ४

उत्कृष्ट निर्देशक

१. दिपाश्री निरौला – छक्का पञ्जा ४
२. दिनेश राउत – प्रकाश
३. रामबाबु गुरुङ – कबड्डी ४
४. ज्ञानेन्द्र देउजा – झिंगेदाउ
५. प्रदिप भट्टराई – महापुरुष

उत्कृष्ट चलचित्र

१. कबड्डी ४ – बासुरी फिल्म्स्
२. प्रकाश – बिनिश एन्टरटेन्टमेन्ट
३. झिंगेदाउ – कपनगढी सिनेमा/फिल्म क्रिउ नेपाल
४. महापुरुष – षटकोण आर्टस् प्रिजेन्टस्
५. छक्का पञ्जा ४ – आमा सरस्वती मुभिज

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर