अभिनेता अनमोल केसी हाजिरी जमानीमा रिहा

काठमाडौं । अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरिएकाे छ । उनलाई खाेजेकाे समयमा हाजिर हुने गरी हिजाे रिहा गरिएकाे  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए ।

अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था र उनी भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मामा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जमानीमा छाडिएकाे ढुङ्गेलले बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि त्यही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर