घटस्थापना एक साताअघि टिकट बुकिङ खोल्ने तयारी

काठमाडौं । घटस्थापनाको एक साताअघि नै दसैँका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार दसैँका लागि लक्षित गरी अग्रिम रूपमा टिकट बुकिङ् घटस्थापनाको एक साता अघिबाट खोल्नका लागि तयारी भइरहेको छ ।

अहिलेसम्म मिति किटान नभए पनि गत सालजस्तै यस वर्ष पनि एक साता अघिबाट नै अग्रिम टिकट खोल्ने तयारी भएको उनले बताए । उनले भने, “यस वर्षको दसैँका लागि अग्रिम टिकट घटस्थापनाको एक साता अघिबाट खोल्ने तयारी छ । अहिलेसम्म मिति किटान नभए पनि गतसालजस्तै यसवर्ष पनि एक साता अघि नै खोल्ने गरी काम अघि बढेको छ ।”

यस वर्षको घटस्थापना असोज २८ गते छ । अग्रिम टिकट बुकिङ् खोल्ने विषयमा सुरक्षा, यातायात, सडक र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला सबैसँग छलफल भएको उनले बताए । आगामी आइतबार बुकिङको मिति तोकिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर