स्पेनको नाइट क्लबमा आगलागी हुँदा ७ जनाको मृत्यु

काठमाडौं । स्पेनको एउटा नाइट क्लबमा आज आइतवार बिहान भएको आगलागीमा परि कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपत्कालीन सेवाका एक जना उद्धारकर्ताले बताएका छन् । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घ–संस्था आगो निभाउन, खोज तथा उद्धारमा सक्रिय थिए । आपत्कालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर