इन्डोनेसियामा बुलेट रेल सेवा सुरु

काठमाडौं । इन्डोनेसियाले दक्षिणपूर्वी एसियाकै पहिलो बुलेट रेल सेवा आजबाट सुरु गरेको छ। चीनको बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर बीआरआई परियोजनाअन्तर्गत सुरु भएको बुलेट ट्रेन सेवा २१७ मा इल प्रतिघण्टाको गतिमा दौडन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उच्च गतिको रेल सेवा लाइन जसले देशका दुई ठूला शहरहरूलाई जोड्नेछ।

चिनियाँ परियोजना बीआरआईको एक हिस्साको रुपमा हेरिएको यस परियोजनाका लागि ७ अर्ब ३० करोड डलर खर्च गरिएको छ। राजधानी जकार्ता, इन्डोनेसियाको दोस्रो ठूलो सहर, प्रमुख कला र संस्कृति केन्द्रको रूपमा रहेको पश्चिम जाभाको बान्डुङ्गको बीचमा उक्त रेल सेवा पुगेको हो। कार्बन उत्सर्जन बिना बिद्युतबाट चल्ने रेलले भूकम्प, बाढी र अन्य आपतकालीन अवस्थाहरूका बारेमा समेत सूचना दिन सक्ने दाबी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर