सनी देओलले फेरि राजकुमार सन्तोषीसँग काम गर्ने

काठमाडौं । बलिउड अभिनेता सनी देओल फिल्ममेकर राजकुमार सन्तोषीसँग फेरि काम गर्ने भएका छन्। सनी देओलले राजकुमार सन्तोषीसँग ‘घायल’, ‘घटक’ र ‘दामिनी’ जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए ।

सनीले फेरि राजकुमार सन्तोषीसँग काम गर्ने चर्चा छ। यो फिल्म लोकप्रिय पञ्जाबी नाटक ‘जिस लाहौर नै देखा ओ जमै नाई’मा आधारित हुने बताइएको छ। यो घटना १९४७मा भारत र पाकिस्तानको विभाजनको समयको हो। यसको कथा मुस्लिम परिवारको बारेमा छ। जो लखनउबाट लाहोरमा बसाइँ सर्छन्। त्यहाँ उनीहरूले सहरबाट भागेर हिन्दू परिवारले छोडेको ठूलो हवेलीमा आश्रय पाउँछन्। लेखक वहाजतले राजकुमार सन्तोषीसँग मिलेर फिल्मको स्क्रिप्ट लेख्ने बताइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर