अभिनेता अनमोल केसीको मुद्दा सकभर आज बुझाइँदै

काठमाडौं । अभिनेता अनमोल केसीसँग लेनदेनसम्बन्धीको आरोपमा बयान गराईँदैछ। उनीमाथि लागेको कसुरसम्बन्धी बयान सकाएर भ्याएसम्म आजै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाउने तयारी प्रहरीले गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आजै मुद्दा बुझाउने तयारीका साथ अभिनेता केसीको बयान अहिले भइरहेको छ। ‘उहाँको मुद्दा कुनै ठूलो प्रकृतिको नभई सामान्य रहेकाले सकेसम्म आजै मुद्दा बुझाउने तयारी गरेर हामीले बयानको काम गराइरहेका छौं,’ परिसरका एक अधिकृतले भने।

पक्राउ नै गरेर अनुसन्धान गर्नुपर्ने किसिमको ठूलो मुद्दा नभएकाले सकेसम्म आजै बयान सकाएर मुद्दा बुझाउने तयारीमा रहेको परिसरको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर