नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज ३३.२० अंकले घटेर नेप्से एक हजार ९ सय ७१ दशमलब १० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १० कम्पनीको शेयरमूल्य बढेको छ भने २२० कम्पनीको शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सयपत्री हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । यसका साथै आज पिपुल्स हाइड्रोपावर लिमिटेड र कुमारी धनवृद्धि योजनाको शेयरमूल्य पनि आज ६ प्रतिशतले बढेको छ ।

आज पाँच कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १४ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर