बहुचर्चित शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेस गरेको छ । शिक्षामन्त्री अशोक राईले आज आइतवार विधेयक संसदमा पेस गरेका हुन् ।

विधेयकबारेमा फरक मत राख्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय बिउँताउन खोज्नु गलत भएको तर्क गरे । उनले आधारभूत र माध्यमिक शिक्षालाई पालिका मातहत नै राखिनुपर्ने माग पनि गरे ।

शिक्षामन्त्री राईले विधेयकमा सरोकारवालाले राखेका केही माग समेटेको र शिक्षक आन्दोलनलगायतबाट आएका मागलाई संसदले समेट्ने बताए ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गते मङ्गलवार दिउँसो १ बजेका लागि तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर