खोटाङमा ५ वर्षीया बालिका बलात्कृत

काठमाडौं । खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् । शनिवार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।

बालिकाको योनीबाट निरन्तर रक्तस्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुर लगिएको हो । बालिकाको अवस्था नाजुक रहेको बताइएको छ ।

नजिकै रहेको आफन्तको घरमा शनिवार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् । बालिका बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनले मोबाइलमा अश्लील भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ । बालिका बलात्कार गरेर लुकिछिपी बसिरहेका राईलाई शनिवार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख पुरुषोत्तम खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर