म्यानचेस्टर दुवै क्लबले हार ब्यहोरे

काठमाडौं ।  म्यानचेस्टर शहरका दुवै क्लबले हार ब्यहोरेका छन्। सिटीले प्रिमियर लिगमा यस सिजनको पहिलो हार ब्यहोर्दा युनाईटेड क्रिस्टल प्यालेससँग पराजित बनेको छ । साविक विजेता सिटीलाई स्तब्ध बनाउने टोली बन्यो, उल्भस। दोस्रो हाफमा ह्वाङ हि चेनले गोल गर्दै च्याम्पियन सिटीलाई स्तब्ध बनाउने काम गरे। टच लाइनमा प्रतिबन्ध ब्यहारेका प्रशिक्षक पेप ग्वार्डिओलाले हारको बारेमा प्रतिक्रिया दिन पनि पाएनन्।

खेलमा अग्रता घरेलु टोली उल्भ्सले रुबिन डाइसको आत्मघाति गोलमा थिएको थियो। जुलियन अल्भारेजले ५८ औं मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काएपनि त्यो पर्याप्त रहेन। हारका बाबजुत सिटी १८ अंक सहित तालिकाको शीर्ष स्थानमै छ। उल्भ्सले ७ खेलबाट ७ अंक जोडेको छ।अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई घरमै स्तब्ध बनाउने टोली क्रिस्टल प्यालेस बन्यो।

युनाईटेड घरेलु मैदान लगातार दुई पटक पराजित बनेको हो। जोमि एन्डरनले गरेको गोल युनाईटेडलाई हराउन पर्याप्त रह्यो। दुवै टिम पछिल्लो ५ दिनमा दोस्रो पटक भेटिएका हुन्। कारबाओ कपमा युनाईटेडले प्यालेसलाई ३-० ले हराएको थियो। त्यसको बदला प्यालेसले प्रिमियर लिगको खेलमा लिएको छ। युनाईटेडको ७ खेलबाट ९ अंक छ। प्यालेस ११ अंक सहित युनाईटेडमाथि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर