विश्वकप क्रिकेटका अभ्यास खेल वर्षाले प्रभावित

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप अघिका आजका दुवै अभ्यास खेल वर्षाले प्रभावित भएका छन् । गुहाहिटीमा इंग्ल्याण्ड र भारतबीचकाे खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । तर टसपछि पानी परेकाले खेल शुरु हुन सकेको छैन । यस्तै, अष्ट्रेलिया र नेदरल्याण्ड्सबीचको खेल भने वर्षाले शुरु हुन सकेको छैन । थिरुभानन्थापुरममा पानी परेपछि अहिलेसम्म टस पनि हुन सकेको छैन ।

हिजो दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल पनि वर्षाले हुन सकेको थिएन । १३ औँ संस्करणको विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतका विभिन्न शहरमा हुँदैछ । प्रतियोगितामा सहभागी १० देशहरु अन्तिम तयारीमा व्यस्त छन् ।

विश्वकप शुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्न लागेका हुन् । हिजो भएको अभ्यास खेलमा न्युजिल्याण्ड र बंगलादेश विजयी भएका छन् । न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हरायो ।

त्यस्तै श्रीलंका बंगलादेशसँग ७ विकेटले पराजित भयो । हिजोका लागि तय भएको अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो । आईसीसीले विश्वकप अघि सबै टोलीलाई दुई—दुईवटा अभ्यास खेलको व्यवस्था गरेको हो । सबै अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिनेछन् । त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकप शुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर