स्याङ्जाको वालिङमा टोलटोलमा पञ्चगव्य वितरण

काठमाडौं । हिन्दु धर्मअनुसार कुनैपनि देव कार्य वा पितृ कार्यमा शारीरिक शुद्धताको लागि पञ्चगव्य अनिवार्य मानिन्छ । तर, मानिसहरुले गाई पाल्न छाडेपछि सोह्र श्राद्धलाई लक्षित गर्दै स्याङ्जाको वालिङमा गोमूत्र, गोबर, दूध, घिउ र दहीको मिश्रण गराई पञ्चगव्य टोलटोलमा वितरण गरिएको छ ।

पछिल्लो समय गाईप्रतिको आकर्षण घटिरहेको बेला यसको संरक्षण र पितृ उद्धारको लागि टोल–टोलमा गोमुत्रसहित पञ्चगव्य वितरण गरिएको हो । ‘श्रद्धया इदम् श्राद्धम’ अर्थात् पितृहरुका निम्ति श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो भन्ने शास्त्रीय व्याख्या छ । आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिने प्रचलन हिन्दु धर्मावलम्बीमा छ, जसलाई सोह्र श्राद्ध भनिन्छ ।

सोह्र श्राद्ध गर्ने कुनै पनि व्यक्ति गौप्रद्धत्त पंचअमृत अर्थात पञ्चगव्य खाएपछि मात्र शुद्धता प्राप्त गर्ने गर्दछन् । विश्व हिन्दु महासंघ स्याङ्जा र धुनी शिवालय गुठी गौशालाको संयुक्त प्रयासमा यो अभियान सुरु गरिएको हो । तर पछिल्लो समय श्राद्ध गर्ने प्रचलनमा विकृति आएको र यसलाई यज्ञको रुपमा बुझ्नुपर्ने धुनी शिवालय गुठी गौशालाका संयोजक दिलीप प्रताप खाँणको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर