ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए  ।

उनका अनुसार केसीसहित चलचित्रका अन्य कलाकारसमेतले निर्माताहरूबाट एक करोड १५ लाख रुपैयाँ लिएको पाइएको छ । उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर