‘ह्यारी पोटर’ का प्रोफेसर डम्बलडोरको निधन

काठमाडौं ।  हलिउडको चर्चित फिल्म फ्रेन्चाइजी ह्यारी पोटरमा प्रोफेसर डम्बलडोरको भूमिका निभाउने अभिनेता माइकल ग्याम्बनको निधन भएको छ । उनी ८२ वर्षका थिए । माइकलकी श्रीमती लेडी ग्याम्बन र उनका छोरा फर्गसले यो खबरको पुष्टि गरेका छन् ।

माइकल ग्याम्बनलाई प्रेमपूर्वक ‘द ग्रेट ग्याम्बन’ भनेर बोलाइन्थ्यो । अभिनेता राल्फ रिचर्डसनले उनलाई यो नाम दिएका थिए । हलिउड फिल्ममा आउनुअघि ग्याम्बन थिएटरमा काम गर्दथे । उनका नाटक निकै चर्चित हुन्थे जसका लागि उनले अवार्ड पनि पाए । ग्याम्बनको जन्म सन् १९४० मा आयरल्यान्डको डबलिनमा भएको थियो । दोस्रो विश्व युद्धका बेला उनका पिता परिवारसमेत लन्डन आए र त्यहाँ प्रहरीको रूपमा काम गरे ।

सन् १९६५ मा रिलिज भएको फिल्म ‘ओथेलो’ बाट उनले आफ्नो फिल्मी डेब्यू गरेका थिए । २२ वर्षको उमेरसम्म उनले फिल्ममा सानातिना भूमिका पाउन थालेका थिए । सन् १९८९ मा रिलिज भएको फिल्म द कुक, द थिफ, हिज वाइफ एन्ड हर लभरमा काम गरेका थिए । यसबाहेक उनले द सिङ्गिङ डिटेक्टिभ र एन्जलस इन अमेरिकामा काम गरे । यद्यपि, उनी सन् २००४ मा रिलिज भएको फिल्म ह्यारी पोर्टर एन्ड द प्रिज्नर अफ आज्कबान बाट प्रोफेसर डम्बलडोरको रूपमा विश्व भरी चर्चित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर